काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रूपियाँमा कारोकार भएको थियो ।
आज तेजावी सुनको मूल्य ९७ हजारमा कारोबार भइरहेको छ । हिजो चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ६५ रूपियाँमा कारोबार भइरहेको छ।
वि.सं.२०७७ भदौ १५ सोमवार ११:०२ मा प्रकाशित