back
NMB ad

नाम मात्रको मेडिकल सिटी, अस्पतालले उपचार नगर्दा विरामीको मृत्यु

Kumari bank ad

डिलकुमारी नेपाल, भरतपुर । चितवनलाई मेडिकल सिटी भन्ने गरिएको भरतपुरमा रातभर भौतारीदा समेत उपचार नपाउँदा आईतवार विहान होमबहादुर गुरुङको मृत्यु भएको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ३, शिवमन्दिरका ५४ वर्षका गुरुङ शनिवार साँझा करिब ११ बजे तिर एक्कासी बेहोस् भएपछि नजिकैको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार गर्न लगिए थियो ।

स्वास्थ्यमा कुनै सुधार नभईका कारण कालीगण्डकी अस्पतालले गुरुङलाई उपचारको लागी भरतपुर लैजान भनेको थियो। रातिको १ बजे परिवारले विरामीलाई भरतपुरको चितवन मेडिकल कलेजको शिक्षण अस्पताल (सिएमसी) मा ल्याए ।

अस्पतालले सामान्य बेर्ड समेत खाली नभएको भन्दै उनलाई एम्बुलेन्स बाटनै आर्को अस्पताल जान भन्यो ।तर होमबहादुरका भाई टेक प्रसादका अनुसार भरतपुरको नारायणी सामुदायीक अस्पताल, मनकामना अस्पताल , कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) ले पनि उनीहरुलाई आईसीयु आवश्यक रहेको र आफुहरु संग नभएको, चिकित्सकलाई कोरोना देखिएकाले आईसोलेशनमा वसेको भन्दै उपचार गन मानेनन्।यसरी अन्य अस्पतालमा सेवा नपाए पछि उनीहरु चितवन मेडिकल कलेज नै फर्कीए ।

अघिलो पटक फकाएको अस्पतालले उनीहरुलाई यस पटक पनि सेवा दिन मानेनन्। उनीहरु त्यस पछि उनीहरु भरतपुर अस्पताल (सरकारी अस्पताल) पुगे त्यहाँ पनी उनीहरुले उपचारको लागी निकै मेहेनत गरे । प्रहरीको फोन नम्बर सयमा फोन गरे पछि अस्पतालले विरामी त लियो तर आइसीयू /भेन्टिलेटर नभएकाले जोखिम लिएर इमेजेन्सी सेवा लिने भए मात्र गछौ भने पछी परिवारले जोखिम नै लिएर उपचार गराउन तयार गरियो। केही समय इमेरजेन्सी सेवामा राखेर उपचार दिदै गर्दा उनीहरुलाई आफ्न्त बाट चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा आईसियू खालि भएको जानकारी पाए । एम्बुलेन्समा डुलाउँदा डुलाउँदै विरामी झनै सिकिस्त भए ।

यस पटक चितवन मेडिकल कलेज ल्याउदाँ उनलाई ज्वरो थियो । सामान्य अवस्थामा रहेको उनको शरीरको तापक्रम अस्पताल डुल्दाडुल्दा १ सय १ डिग्री देखियो त्यस पछि उपचार गर्न अस्पतालले थप आलटाल गरेको आफन्तको गुनासो रहेको छ । ज्वरो आएको भने पछि होमबहादुर गुरुङ नजिक परिवार बाहेक कोही परेनन् ।

अन्तत उपचार नपाएर उनको मृत्यु भएको परिवारले सिनर्जी एफ.एमलाई जानकारी दिएको बताए।परिवारले अहिले शब बुझेर घर लगेको छ । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालका निर्देशक डा.दायारम लम्साल अस्पतालहरुमा समन्वय नहुँदा यस्तो भएको उहाँको भनाई छ  ।

सरकारि असपतालमा ओपेडिमा कुनै कोरोना भेटिएको छैन तर बन्द छ ।ईमर्जेन्सीमा मात्र आठ जनालाई कोरोना देखिपछि बन्द भएको हो।यहीँ शाखा मात्र शिल गनुपने हो।तर जरोका लागि छुट्टै किलनिक छ तर उनिहरु पनि जाचाउन काहां छ।उपचार गराउन मानदैनन् ।कोरोना लागेका असपतालकै डाक्टरहरु भने प्राईभेटमा जाने गरेका गुनासोहरु छन् ।यसैले पनि हामी संचेत हुनुपर्छ भनने श्रोतको दावि रहेको छ।

वि.सं.२०७७ भदौ १५ सोमवार १३:५७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...