काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएको हो ।
यो सँगै पेट्रोलको नयाँ मूल्य १०७ रुपैयाँ पुगेको छ । निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।
वि.सं.२०७७ भदौ १६ मंगलवार १९:१२ मा प्रकाशित