back
NMB ad

सहकारी बैंकको गण्डकी प्रदेश स्तरीय वार्षिक योजना तथा बजेट तर्जुमा तालिम

Kumari bank ad

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको गण्डकी प्रदेश स्तरीय २ दिने वार्षिक योजना तथा बजेट तर्जुमा तालिम बुधवार सम्पन्न भएको छ ।

बैंकको शिक्षा तथा तालिम विभागको आयोजना र गण्डकी प्रदेश अन्तरगतका शाखाहरुको समन्वयमा तालिम सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशभरका सहकारी संघ संस्थाका प्रवन्धक तथा कर्मचारीहरुका लागि सञ्चालित २ दिने भर्चुअल तालिममा सहकारीहरुको वार्षिक योजना निर्माण र बजेट तर्जुमा विषयमा सहजीकरण गरिएको थियो ।

सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि वार्षिक योजना र योजना अनुसारको बजेट निर्माणका लागि सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकको रणनीतिक योजना अनुसार बैंकमा आवद्ध सबै सदस्य संघ संस्थाहरुलाई आफ्ना सेवाहरुमा सहभागि गराउनका लागि पनि तालिम सहयोगी हुने जनाइएको छ ।

बैंकले वित्तीय सेवाका साथै शिक्षा तथा तालिम, स्तरीकरण, विद्युतीय भुक्तानी, योजना तथा बजेट निर्माणमा सहयोग लगायतका सेवाहरु दिदै आएको छ ।

तालिम समापनका क्रममा बोल्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई संस्थागत रुपमा सक्षम र सदस्य केन्द्रीत बनाउनका लागि वार्षिक योजना तथा बजेट निर्माण गर्ने तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नु भयो ।

उहाँले योजना बिना सहकारीहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन नसकिने भएकाले संस्थाको रणनीतिक योजना निर्माण गरी अगाडि बढ्न सुझाव समेत दिनुभयो । तालिममा बैंकका प्रशिक्षकहरु नवकुमार अधिकारी, सूर्य रिमाल र तालिम अधिकृत नारायण बेलवासेले ले सहजीकरण गर्नु भएको थियो ।

योजना तथा बजेट निर्माणका लागि आवश्यक पृष्ठभूमि, अघिल्लो वार्षिक योजनाको समिक्षा, वातावरण विश्लेषण, ध्येय, परिकल्पना, उद्देश्य तथा लक्ष्य, रणनीति निर्धारण, बजेट, वित्तीय संरचना र अनुगमन तथा मूल्यांकन लगायतका लागिमा सहजीकरण गरिएको तालिम विभागका अधिकृत मिना शर्माले जानकारी दिनुभयो । तालिममा गण्डकी प्रदेश अन्तरगत विभिन्न विषयका सहकारी संघ संस्थाका १ सय ८० जनाको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ भदौ १७ बुधवार १८:२४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...