back
NMB ad

बैंकले न्यून ब्याजदर दिएपछि सहकारीमै थुप्रियाे रकम

Kumari bank ad

काठमाडौं । पछिल्लो समय सहकारीहरुमा रकम जम्मा हुने क्रम बढेको छ । बैकहरुले बचतमा ज्यादै न्यून ब्याजदर दिन थालेपछि सहकारीमा निक्षेप बढ्न थालेको हो ।

राष्ट्रिय सहकारी बैकमा साउनयता निक्षेप संकलनमा वृद्धि भएको छ । साउन र भदौमा ७ अर्बभन्दा बढी निक्षेप सहकारी बैकमा जम्मा भएको छ ।

यता नेपाल बचत तथा ऋण केन्द्रीय सघ (नेफ्स्कुन) मा भदौ यता तीन अर्ब रुपैयाँ झिकिएको छ भने २ अर्ब ७५ करोड रुपैयाँ बचत आएको नेफ्स्कुनका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेले बताउनुभयो ।

भदौ १० गते मात्र सहकारी बैकले नयँ ब्याजदर सार्वजनिक गरेको छ । बैकले बचतमा २ दशमलव २५ प्रतिशतदेखि ७ प्रतिशतसम्म र कर्जाको ब्याजदरमा साढे ६ देखि साढे १० प्रतिशतसम्म लिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

मुलुकभर सञ्चालित साढे ३४ हजार सहकारी संस्थामध्ये सबैभन्दा बढी १३ हजार ५ सय ७८ वटा बचत तथा ऋण सहकारी संस्था छन् । यो कूल सहकारी संस्थाको ३९ दशमलव ३४ प्रतिशत हो ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १८:३३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...