back
NMB ad

यी हुन् काठमाडौं उपत्यकाका ‘कोरोना हटस्पट’ क्षेत्र

Kumari bank ad

काठमडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले साउन ४ गते सिंहदरबारमा ५ सय ८ जनाको स्वाब लिएर परीक्षण गर्दा दुई जना ट्राफिक प्रहरीलाई कोरोना पोजिटिभ देखिएको थियो ।

असार तेस्रो साता उपत्यकाका १२ स्थानमा ५ हजार जनाको स्वाब परीक्षण गर्दा तीन जनालाई मात्रै कोरोना पोजिटिभ देखियो । अर्थात् स्वाब परीक्षण गरेकामा पोजिटिभ देखिने दर १ प्रतिशत पनि थिएन । तर अहिलेको स्थिति निकै भिन्न भइसकेको छ ।

बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा भदौ ९ मा ५ सय १९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ६० जना (११.५६ प्रतिशत) लाई कोरोना देखियो । ‘हरेक वडाबाट सबै क्षेत्रका व्यवसायीलाई समेट्ने गरी एउटा वडाका कम्तीमा १० जनालाई भेला गरेर परीक्षण गराएका थियौं । कन्ट्याक्ट ट्रेसिङमा नपरेका व्यक्तिको स्वाब निकाल्दा पनि संक्रमित दर उच्च देखियो,’ बूढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेलले भने ।

नगरमा १५ प्रतिशत हाराहारी संक्रमित रहेको अनुमानमा आफैंले भीटीएम किनेर परीक्षण जारी राखेको उनले बताए । कपन र बूढानीलकण्ठ क्षेत्रका चार स्थानमा स्वाब निकाल्दा बूढानीलकण्ठमै बढी पाइएको उनले जनाए । ‘निषेधाज्ञापछि पीसीआर गर्दा संक्रमित हुनेमा परिवार–परिवार नै देखिएको छ,’ उनले भने, ‘निषेधाज्ञाले छिमेकी र अरूलाई सार्न भने रोकेको छ ।’

काठमाडौं महानगरपालिका–४ मा भदौ ९ मै १ सय ८ जनाको स्वाब संकलन गर्दा १५ जनालाई पोजिटिभ देखिएको थियो । भारतबाट आएकी एक महिलामा संक्रमण देखिएपछि महाबौद्ध क्षेत्रमा भदौ १० मा १ सय २६ जनाको स्वाब परीक्षण गर्दा ३० जना (करिब २४ प्रतिशत) लाई कोरानो पोजिटिभ देखियो । यहाँ कन्ट्याक्ट ट्रेसिङमा परेका र नपरेका दुवैको पीसीआर गरिएको थियो । ‘दुई साताअघि र अहिलेको अवस्था फरक भएको छ । पहिला पोजिटिभ आउनेको संख्या न्यून हुन्थ्यो,’ ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘पहिले पोजिटिभ कसको आयो भनेर खोज्नुपर्थ्यो, अहिले नेगेटिभ कसको आयो भनेर खोज्नुपर्ने अवस्था छ ।’

कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहलाई दिइएको भए पनि ईडीसीडीले उपत्यकाका तीनै जिल्लामा कन्ट्याक्ट ट्रेसिङ र समुदाय स्तरमा संक्रमणको अवस्था पत्ता लगाउन निश्चित क्षेत्रमा स्वाब संकलन गरिरहेको छ । ‘जति पनि ठाउँमा हामीले स्वाब संकलन गरेर परीक्षण गरेका छौं सबैतिर संक्रमणको दर पहिलाको भन्दा उच्च देखिन्छ,’ डा. पाण्डेले भने, ‘समुदायमा अहिलेको अवस्थाबारे थप बुझ्न एन्टीबडी परीक्षण गर्नुपर्ने हुन्छ । यसको तयारी भइरहेको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म देशभरको पीसीआर परीक्षणमा संक्रमण दर ५.९ प्रतिशत पुगेको छ । जुन दर एक महिनाअघि ५.२ प्रतिशतमात्रै थियो । मृत्यु दर पनि बढेको छ । एक महिनाअघि मृत्युदर ०.२ प्रतिशत रहेकोमा शुक्रबार ०.६ प्रतिशत पुगेको छ । ‘एक महिना र अहिलेको तुलना गर्नै सकिँदैन । अहिले संक्रमितको संख्या उच्च पुगेको छ,’ डा. पाण्डेले भने, ‘जुन कुरा तथ्यले पनि पुष्टि गर्छ । अझै पनि सावधानी नअपनाउने हो भने संक्रमित दर बढ्न सक्छन् ।’ ईडीसीडीले संक्रमण उच्च देखिएका काठमाडौंको कोटेश्वर, बालुवाटार, चाबहिल, महाराजगन्ज, बूढानीलकण्ठ, महाबौद्ध क्षेत्रमा समुदायस्तरमा परीक्षण गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य महाशाखाको कोरोना रोकथाम र नियन्त्रण टोलीका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार काठमाडौंको बालाजु र कोटेश्वर क्षेत्रमा दुई सयभन्दा बढी संक्रमित भइसकेका छन् । एक सयभन्दा बढी संक्रमित भएका क्षेत्रहरूमा महाराजगन्ज, धुम्बाराही, बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, स्वयम्भू छन् । इनबहाल, बागबजारमा पनि सयभन्दा बढी संक्रमित छन् । काठमाडौंका संक्रमितमध्ये ५५ प्रतिशत काठमाडौं महानगरमा मात्रै छन् । बिहीबारसम्म महानगरमा ३ हजार १ सय ८ जना संक्रमित भइसकेका छन् ।

भक्तपुरमा मध्यपुर थिमि नगरपालिकाको ३ नम्बर वडा कौशलटार, गट्ठाघर र ललितपुरमा महानगरपालिका क्षेत्रको कुपन्डोल, सानेपा, च्यासल, गाःबहालमा संक्रमित उच्च छन् । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

वि.सं.२०७७ भदौ २० शनिवार ०६:२९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...