back
NMB ad

कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकार निरन्तर लागिरहेको छ: मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताउनुभएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन वार्डको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले आइसोलेसन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका दिनमा सेवा प्रवाहमा केही कमजोरीहरु देखिएका हुनसक्ने भए पनि हाल सेवा प्रवाह चुस्त पाइएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले वार्ड स्थापना र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापनसमेत गर्नुभएको छ । उहाँले बागमती प्रदेश सरकार कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्रीले प्रदेश सरकारले पछिल्लो अवस्थामा कोरोना भाइरसको महामारी व्यापक बन्दै गइरहेको अवस्थालाई द‍ृष्टिगत गरी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकाले अस्पताल नभएका स्थानमा अस्पताल स्थापना गर्ने र भएका स्थानहरुमा सेवा थप गर्ने कामलाई तीव्र पारेको बताउनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको उद्देश्य प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्‍न अस्पताललाई सेवा सुविधा वृद्धि गर्दै प्रदेशस्तरको अस्पतालका रुपमा स्तरोन्‍नोति गर्न लागिएको बताउनुभयो ।

प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलर रत्‍ननगर अस्पताल र काठमाडौं टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको पौडेलले जानकारी दिनुभयो ।

वि.सं.२०७७ भदौ २० शनिवार १५:११ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...