काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने तय भएको छ।
साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकार दिनुभयो ।
सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा बैठक बोलाउने सहमति गरिएको हो ।
वि.सं.२०७७ भदौ २२ सोमवार १०:३९ मा प्रकाशित