back
NMB ad

दुई शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई गर्भवती बनाएपछि…

Kumari bank ad

बैतडी । बैतडीका दुई शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ।सिगास गाउँपालिकाका शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो।

आफूलाई पढाउँदै आएका दुई शिक्षकले बलात्कार गरेपछि पीडित किशोरी अर्कैसँग भागेर बिहे गरेकी थिइन्। बिहेको छ महिनामै उनले छोरी जन्माएपछि उनलाई शिक्षकले नै बलात्कार गरेको सार्वजनिक भएको हो।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया किशोरीलाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको छ।

केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत छन्। बिहे अघि तीनै जनाले पटकपटक बलात्कार गरेपछि किशोरी भागेर बिहे गर्न बाध्य बनेको छात्राका आफन्तले आरोप लगाएका छन्।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई परिवारका सदस्यले सोधपुछ गर्दा आफूलाई बिहे अघि नै तीन जनाले बलात्कार गरेको जानकारी गराएकी छन्। किशोरीका आफन्तले भने, ‘घटना पहिलेकै हो। गाउँमै मिलाउने भन्दै धेरै प्रयास भयो। अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन्।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थप तथ्य बाहिर आउने बताए।

‘घटना सार्वजनिक भएपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ,’ उनले भने, किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुन्छ।’

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई ललाइफकाई वा मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ।

कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने छ।

यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन। आरोप लागेकाहरुलाई हालसम्म प्रहरीले सोधपुछसमेत नगरेको पीडितले बताएका छन्।

वि.सं.२०७७ भदौ २३ मंगलवार ०७:२६ मा प्रकाशित

You can share this post!

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२७

चितवन, १० जेठ : अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान...

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२३

राँझा (बाँके), १० जेठ : हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया...

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...