back
NMB ad

करार कर्मचारीको अवधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय !

Kumari bank ad

सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत करार कर्मचारीको म्याद थपिने भएको छ । प्रदेश सरकारले करारमा काम गर्ने स्वास्थ्य तथा साविकको घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारीको करार अवधि थप्ने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि नियुक्ति गरेका २३४ स्वास्थ्यकर्मीको म्याद थप गर्न लागेको छ । त्यस्तै, साविकको घरेलु उद्योग कार्यालयका करार कर्मचारीको पनि म्याद थपिने भएको छ ।

यही भदौ १५ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको आर्थिक अभियान दैनिकमा समाचार छ । कर्णालीका विभिन्न जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका एक सय ७६ जना सामुदायिक नर्स (स्टाफ नर्स र अनमी) तथा प्रदेशकका पाँचओटा नाकामा खटाइएका ३२ जना हेल्थ असिस्टेन्ट र २६ जना नर्स तथा अनमीहरूको करार अवधि समेत थप गरिने प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

बैठकमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ र कर्णाली प्रदेश विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७७ स्वीकृत गर्ने, प्राविधिक जनशक्ति सेवा करारमा छनोट गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७७ स्वीकृत गर्ने लगायत निर्णय समेत भएको उनले बताइन् ।

उनका अनुसार नाकामा खटिएका स्वास्थ्यकर्मीहरूको हकमा २०७७ असोज मसान्तसम्म म्याद थपिएको भए पनि कोरोना महामारी रहिरहेमा २०७८ असार मसान्तसम्म पुनः करार अवधि थप्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

साविकको घरेलुका करार कर्मचारीहरूलाई पहिलेकै सेवा सुविधा लिनेगरी पुस मसान्तसम्म खटाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । घरेलुका १७६ जना कर्मचारीको माघ मसान्तसम्म करारको म्याद थपिएको हो ।

वि.सं.२०७७ भदौ २४ बुधवार ०८:२१ मा प्रकाशित

You can share this post!

करेन्ट लागेर एकजनाकाे मृत्यु   

करेन्ट लागेर एकजनाकाे मृत्यु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १३:१७

कृष्णनगर (कपिलवस्तु), १५ जेठ : कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर...

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:५६

काठमाडौँ, १५ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले...

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:३२

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न...

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:२६

निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए...

बजेट भाषण गर्ने समय सर्‍याे   

बजेट भाषण गर्ने समय सर्‍याे   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:१५

काठमाडौँ, १५ जेठः आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:११

काठमाडौँ, १५ जेठ : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको...