काठमाडौं । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक यातायात तत्काल नखुलाउने भएका छन् । करिब तीन साताको निषेधाज्ञापछि प्रशासनले बुधबार रातिबाट खुकुलो गर्ने तयारी गरेको छ ।
तर, लामो समय ठप्प भएका लामो तथा छोटो दूरीका सार्वजनिक यातायात भने कारोना जोखिमको कारण तत्काल नखुलाउने पक्षमा पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जनकराज दाहालले सार्वजनिक यातायात खोल्ने अवस्था नरहेको बताए । उनका अनुसार बेलुकासम्म निर्णय आईसक्ने छ ।
यातायात व्यवसायी भने सार्वजनिक यातायात तत्काल खोल्न माग गर्दै सरकारलाई दबाब दिँदै आएका छन् । उपत्यकामा मात्रै होइन लामोदूरीका सवारी साधन पनि सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ ।
विगत ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । काठमाडौं उपत्यकाको लागि भने जोर बिजोर प्रणाली लागू गरी जनजीवनलाई सहज बनाउने भएको छ ।
वि.सं.२०७७ भदौ २४ बुधवार १२:५९ मा प्रकाशित