back
NMB ad

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

Kumari bank ad

काठमाडौं । सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

सो छलफलपश्चात् पर्यटनमन्त्री भट्टराईका अनुसार पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी थप उडान अनुमति प्रदान गरिने निर्णय भएको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेका छन् ।

कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने समझदारी पनि भएको उहाँले बताउनुभयो । त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने भएको छ ।

नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान थपिने भएको छ । यसरी अन्तर्राष्ट्रिय उडान थप गर्दा अहिले बढीमा ८०० को सङ्ख्यामा विदेशबाट आइरहेकामा यो सङ्ख्या दैनिक तीन हजारसम्म पुग्ने सरकारको अनुमान छ ।

आन्तरिक उडान पनि खोलिने

बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए । जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उनले जानकारी दिए ।

असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उनले सङ्केत गरे ।

मन्त्री भट्टराईका अनुसार सुरुमा कोभिड सङ्क्रमित कम भएका हिमाली तथा उच्च पहाडी क्षेत्रबाट उडान सुरु गर्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै उहाँले अहिले विदेशबाट फर्किन चाहेका नेपाली र कूटनीतिक नियोगका लागि मात्र उडान अनुमति दिएकामा अब विदेशी कामदारलाई पनि खुला गर्ने विषयमा कुरा भइरहेको जानकारी दिए।

सीसीएमसीमा मन्त्री भट्टराईले पठाएको प्रस्तावमा विदेशी पर्यटकलाई पनि नेपाल आउन दिने विषय समेटिएको छ । उनका अनुसार सरकारको जोड आन्तरिक पर्यटनमै रहेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोभिड सङ्क्रमण कम भएपछि सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई हप्तामा दुई दिन बिदा गरौँ भन्ने प्रस्ताव पनि राखेको उनले जानकारी दिए ।

त्यसो भयो भने शुक्रबारदेखि दुई दिनसम्म घुम्ने समय मिल्ने भएकाले कम्तीमा ५० लाख आन्तरिक पर्यटक घुम्न निस्किए भने पनि नेपालको पर्यटन व्यवसायलाई सहज हुने उनले धारणा राखे ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०८:१२ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...