back
NMB ad

सबै सरकारी कार्यालय, बैंक र यातायात फेरि पूर्णरुपमा बन्द गर्न कडा निर्देशन, हिँडडुल गर्न पनि नपाइने

Kumari bank ad

काठमाडौं । सबै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्थानहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ ।

गोरखा नगरपालिकामा जारी निशेषधाज्ञा भदौ ३१ गतेसम्म लम्ब्याएसंगै यस्तो निर्देशन दिएको हो । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले जानकारी दिनुभयो ।

नगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि भदौ २० गतेबाट हिजो (शुक्रबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

 

कोरोना संक्रमितको संख्या पनि थप भएको तथा कन्ट्रयाक्ट ट्रेसिङको रिपोर्ट आउन बाँकी रहेकाले तत्कालका लागि निषेधाज्ञा कायम राख्ने निर्णय भएको रोकाले बताए ।

जोखिम न्यूनिकरणका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरी कन्ट्याक्ट ट्रेसिङलाई तीव्र पारिएको उनले बताए । निशेषधाज्ञाको अवधिमा अत्यावश्यक बाहेक अन्य सवै सेवा, यातायात, व्यपार, व्यवसाय बन्द हुनेछन् ।

 

सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, सामाजिक सेवाका संघ संस्थाहरु बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन गरिएको छ ।

अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न सर्वसाधरणलाई नगरपालिकाले अनुरोध गरेको छ । निषेधाज्ञा प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार ०८:३५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...