back
NMB ad

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर विक्री खुला

Kumari bank ad

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आइतवारदेखि विक्री खुला भएको छ ।

 

 

प्रिमियर इन्स्योरेन्सको स्वामित्वको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट विक्री खुला भएको हो । यो शेयरको न्यूनतम प्रतिकित्ता मूल्य रू. २ हजार ३०० तोकिएकाले त्यसमा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

यो शेयर असोज ४ गतेसम्म विक्रीमा रहनेछ । शेयर खरिद गर्न चाहने इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नारायणचौर नक्साल वा प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालमा गोप्य शिलबन्दी बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

आवेदन दिंदा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता खरीदको माग गर्न सकिनेछ । यो शेयर प्राप्त गर्ने आवेदकहरुले नागरिक लगानी कोषले जारी गर्ने तयारी गरेको हकप्रद शेयरमा समेत आवेदन गर्न पाउनेछन् ।

 

कोषले १ बराबर शून्य ८२८४ को अनुपातमा हकप्रद शेयर जारी गर्न भदौ २२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।

वि.सं.२०७७ भदौ २८ आइतवार १२:०१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...