back
NMB ad

बागमती प्रदेशलाई खरको छानामुक्त बनाउने: यी १२ गाउपालिकालाई टिनको छानामा रुपान्तरण गरिँदै

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले १२ गाउपालिकालाई खरको छानामुक्त बनाउने भएको छ ।

 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आ.व. २०७७/७८ मा प्रदेशभरीका गाँउपालिकामध्ये मानव विकास सूचकाङ्कमा सबैभन्दा कमअङ्क भएका १२ गाँउपालिकालाई खरको छानामुक्त गराएर टिनको छानामा रुपान्तरण गर्ने भएको हो ।

चुहिने छानो, आगलागी, हावाहुरी र विपद् बाट जनतालाई जोगाउन बागमती प्रदेश सरकारले ४ करोड रूपैया यसै आ.व. मा विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुल्यालले जानकरी दिनुभयो ।

उहाँका अनुसार छनोटमा परेका लाभग्राही परिवारलाई टिनको छाना उपलब्ध गराउन प्रत्येक गाँउपालिकालाई २५ लाखका दरले रकम उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सम्बन्धित निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यको संयोजकत्वमा अनुगमन तथा मुल्याङ्कन समिति र सम्बन्धित गाँउपालिका अध्यक्षको अध्यक्षतामा लाभग्राही र निवेदक छनौट समिति रहने व्यवस्था “खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन मापदण्ड २०७७“ मा गरिएको मन्त्री फुल्यालले जानकारी दिनुभयो

यी हुन् खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम अन्तर्गत पर्ने गाँउपालिकाहरु

घ्याङलेख गाँउपालिका, सिन्धुली
फिक्कल गाँउपालिका, सिन्धुली
मरिण गाँउपालिका, सिन्धुली
हरिहरपुरगढी गाँउपालिका, सिन्धुली
गौरीशंकर गाँउपालिका, दोलखा
बिगु गाँउपालिका, दोलखा
पाँचपोखरी थाङ्पाल गाँउपालिका, सिन्धुपाल्चोक
हेलम्बु गाँउपालिका, सिन्धुपाल्चोक
नौकुण्ड गाँउपालिका, रसुवा
आमाछोदिङमो गाँउपालिका, रसुवा
खनियाबाँस गाँउपालिका, धादिङ
रुविभ्याली गाँउपालिका, धादिङ

वि.सं.२०७७ भदौ २८ आइतवार २१:३५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...