back
NMB ad

अन्ततः सबै विद्यालयहरुमा पहिलो सातादेखि नियमित पढाई सुरु हुने, भर्खरै आयो यस्तो निर्णय

Kumari bank ad

काठमाडौं । सबै सरकारी तथा निजी विद्यालय असोज ७ गतेदेखि खुल्ने भएका छन् ।

 

 

 

दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरुमा असोज ७ गतेदेखि नियमित पढाई सुरु हुने भएको हो । कोरोना महामारी सतर्कताका लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनदेखि बन्द रहेका दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा असोज ७ गतेबाट नियमित पढाई सुरु हुने भएको हो।

 

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए।

 

दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभ्रत तथा माध्यमिक तहहरुमा नियमित पठनपाठन क्रियाकलाप संचालन गर्ने निर्णय गरेको संयोजक पाण्डेको भनाई छ।

 

कोरोना संक्रमण फैलन सक्ने भयका कारण चैत्र महिनादेखि देशमा लकडाउन लागू भएयता दोलखाका निजी करिब १५ र सामुदायिक करिब ३२५ विद्यालयहरु बन्द भएका थिए। आवश्यक सुरक्षात्मक उपायहरु अपनाई असोज ७ गतेबाट कसरी विद्यालय संचालन गर्न सकिन्छ भनी आफूहरुले तयारी गरिरहेको भीमेश्वर नगरपालिकाका प्रधानाध्यापकहरुको भनाई छ।

 

निजी तथा सामुदायिक गरी जिल्लाका करिब ५० हजार विद्यार्थीहरुको विद्यालयमा गएर गरिने पठनपाठन बन्द भएको थियो। केही स्थानीय तहहरुमा लकडाउनका विचमा पनि बैकल्पिक सिकाईका लागि विद्यार्थीहरुलाई वर्कसिट बाँड्ने कार्य गरिएको भए पनि त्यसको प्रभावकारिता नदेखिएको स्थानीय अभिभावकहरुले गुनासो गरेका थिए।

 

केहीदिन अघि सदरमुकाम कै एक विद्यालयमा अध्ययनरत २ विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले तत्काल पढाई सुरु गर्दा विद्यार्थीमा संक्रमणको खतरा बढ्न सक्ने केही अभिभावकहरुको आशंका छ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १७:४४ मा प्रकाशित

You can share this post!

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:०३

काठमाडौँ, ९ जेठ: कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...