back
NMB ad

भारी छुटसहित नेपाल टेलिकमले ल्यायो विभिन्न ‘अनलिमिटेड प्याक’ अफर: के-के छन् सुविधा ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सस्तो मूल्यमा विभिन्न अनलिमिटेड प्याक अफर ल्याएको छ ।

टेलिकमले युट्युब (Unlimited Youtube), अनलिमिटेड फेसबुक (Unlimited Facebook) र एड–अन प्याक (Add-on Pack) उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेका जनाएको छ ।

असोज २, ३ र ४ गते अनलिमि टेडयुट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गर्न सकिने जनाएको छ । खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

साथै,अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याकखरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमारु. १५ मा १ जीबीडाटाप्याकखरिद गरी डाटाप्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे (1 GB per day) डाटाप्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्तगर्न सकिनेछन् । साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ ।

वि.सं.२०७७ असोज १ बिहीवार १७:०२ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...