back
NMB ad

बागमती प्रदेश सरकारद्वारा निर्मित एकिकृत मुसहर बस्ती भोली हस्तान्तरण गरिँदै

Kumari bank ad

मकवानपुर । बागमती प्रदेश सरकारले आबास विहीन मुसहर जातीकालागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती भोली हस्तान्तरण हुदै छ ।

 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३३५ वटा घर भोली हस्तान्तरण गर्न लागिएको हो ।

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अति सिमान्तकृत जाती समुदायका लागि एकिकृत बस्ती विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

जस अन्तरगत सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ७ र ९ मा निर्माण गरेको एकीकृत मुसहर बस्ती भोली एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्न लागेको हो । प्रदेश सरकारले दुईकरोड लागतमा निर्माण गरेको ३३५ वटा घर भएको मुसहर बस्तीको साँचो भोली संविधान दिवशको अवसर पारेर मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुहुनेछ ।

प्रदेश सरकारले आबास विहीन अति सिमान्तकृत माझी, मुसहर र चेपाङ जातीहरुका लागि प्रदेशका अन्य स्थानमा पनी एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ ।

जसअन्तर्गत दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ का लागि २ करोड ५० लाख, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा प्युघर भदौरे एकीकृत माझी बस्ती विकासका लागि एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्ती विकास कार्यक्रमका लागि ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझी बस्ती विकास कार्यक्रमका लागि ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि ४५ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ असोज १ बिहीवार २३:१६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...