back
NMB ad

बढ्यो श्रमिकको ज्याला

Kumari bank ad

काठमाडौं। चिया श्रमिकको दैनिक ज्याला बढेको छ । चिया उत्पादक संघ र ट्रेड युनियनका प्रतिनिधिबीच श्रमिकको दैनिक ज्याला वृद्धि गर्ने सहमति जुटेको हो ।

 

दुई आर्थिक वर्षका लागि श्रमिकको दैनिक आधारभूत ज्यालामा ५० रुपैयाँ वृद्धि भएको हो । यसका लागि बुधबार भद्रपुरमा संघ र ट्रेड युनियनका प्रतिनिधिबीच भएको आठौं पटकको बैठकमा चारबुँदे सहमति भएको छ ।

सहमतिअनुसार बढेको दैनिक ज्याला साउन १ देखि नै लागू हुने भनिएको छ । सहमति जुटेको ५० रुपैयाँमध्ये यस वर्ष दैनिक आधारभूत ज्यालामा ३० रुपैयाँ वृद्धि हुनेछ ।

बाँकी २० रुपैयाँ ०७८ साउन १ देखि लागू हुने गरी वृद्धि गर्ने सहमति जुटेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले जानकारी दिए ।

चिया बगान श्रमिकले आधारभूत ज्याला २ सय ३१ र महँगी भत्ता १ सय ५४ गरी दैनिक ज्याला ३ सय ८५ रुपैयाँ पाउँदै आएका थिए । सहमतिअनुसार श्रमिकले यस वर्ष आधारभूत ज्याला २ सय ६१ र महँगी भत्ता १ सय ५४ गरी दैनिक ज्याला ४ सय १५ रुपैयाँ पाउनेछन् । कान्तिपुरमा खबर छ ।

वि.सं.२०७७ असोज ३ शनिवार ०८:५५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...