back
NMB ad

कर्मचारीलाई फाइदै फाइदा : बिदा पनि, भत्ता पनि !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको महामारी कहिलेसम्म लम्बिने हो कसैलाई पनि थाहा छैन ।

 

 

विश्वका धेरै देशमा आन्तरिक पर्यटकको लागि घुम्ने गन्तव्य खुला गरे पनि बाह्य पर्यटकको लागि भने सबैतिर खुला भइसकेको छैन । नेपालमा पनि गएको चैत सुरुदेखि विदेशी पर्यटक आवागमनमा रोक लगाइएको छ, यो रोक अहिलेसम्म खुलेको छैन ।

कोरोना भाइरसको महामारी समाप्त भएपछि पनि कम्तीमा एक वर्ष ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउलान् भन्ने आशा पर्यटन व्यवसायीलाई छैन ।

 

त्यसैले अब व्यवसायीहरुले आन्तरिक पर्यटनलाई जोड दिन थालेका छन्, आन्तरिक भ्रमणका प्याकेज सार्वजनिक गरिरहेका छन् । नेपाल पर्यटन बोर्डले पनि भ्रमण प्याकेज सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ ।

 

 

 

आन्तरिक पर्यटन बढाउनको लागि पर्यटन व्यवसायीको माग छ, ‘हप्ताको दुई दिन सार्वजनिक बिदा र घुम्न जाने कर्मचारीलाई भत्ताको व्यवस्था हुनुप¥यो ।’ यो माग पर्यटन व्यवसायीको मात्रै होइन पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको पनि हो ।

 

 

 

 

सोमबार यती एअरलाइन्सको २२ औँ वार्षिकोत्सव कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँले यही कुरालाई जोड दिनुभयो । पहिले नेपाली पर्यटन व्यवसायीले विदेशी पर्यटक र डलर भन्दै पछि लागेर आन्तरिक पर्यटकलाई उपेक्षा गर्दा अहिले समस्या आएको बताउनुभयो । तर अब पर्यटनका मुख्य ग्राहक नै आन्तरिक पर्यटक हुन् भन्ने हिसाबले अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

 

 

 

 

‘कोरोना भाइरसको खोप बनेको र यसको अन्त्य भएको एक वर्षसम्म विदेशी पर्यटक मनग्य आउँदैनन्, विदेशी पर्यटक आउलान् अनि मात्रै व्यवसाय खोलौँला भनेर बस्यो भने डुब्ने अवस्था आउँछ’, नाट्टाका अध्यक्ष गुरागाईँले भन्नुभयो, ‘अब आन्तरिक पर्यटनलाई बढाउनुपर्छ, हप्ताको दुई दिन सार्वजनिक बिदा हुनैपर्छ र देशभित्रै घुम्न जाने कर्मचारीलाई केही भत्ता पनि दिनुपर्छ ।’

विश्वका धेरै देशमा हप्ताको दुई दिन सार्वजनिक बिदा हुँदा पर्यटन क्षेत्र चलायमान भएको गुरागाईँको भनाइ छ ।

 

 

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी पनि हप्ताको दुई दिन बिदा दिने प्रस्तावमा सहमत हुनुहुुन्छ । सरकारी कर्मचारीमात्र होइन, कर्पोरेट हाउसहरुले पनि दुई दिन बिदा दिएर कर्मचारी घुम्न पठाउनुपर्ने सुवेदीको भनाइ छ ।

योजना बनाउँदै पर्यटन बोर्ड

आन्तरिक पर्यटन प्रवर्द्धनको लागि रणनीति र प्याकेज बनाइरहेको नेपाल पर्यटन बोर्डले पनि हप्ताको दुई दिन बिदालाई नै जोड दिएको छ । प्याकेज बनाउने कामको नेतृत्व गरिरहनुभएका पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐअरले आफूहरुको प्राथमिकता पनि आन्तरिक पर्यटन नै रहेको बताउँदै पर्यटन बोर्डले पनि हप्ताको दुई दिन बिदालाई नै प्राथमिकतामा राखेको बताउनुभयो ।

 

 

‘हामीले दुई दिनको छुट्टीलाई निकै जोड दिइरहेका छौँ, एक दिनको छुट्टीले मात्रै काठमाण्डौ नजिकका गन्तव्यमा पनि घुम्न गाह्रो छ, त्यसैले हामीले सरकारसँग दुई दिनको बिदाको लागि अनुरोध गरेका छौँ’, उहाँले भन्नुभयो ।

सरकारी कर्मचारीको लागि दुई दिने बिदाको अवधारणा यसै वर्षदेखि लागू हुने सम्भावना रहेको पनि ऐअरको भनाइ छ । उहाँले हरेक प्रदेशमा एक/एक वटा मुख्य गन्तव्य तोेकिने र त्यहाँ सरकारी कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने पनि बताउनुभयो ।

 

 

 

‘हामीले प्याकेज बनाउने काम अन्तिम चरणमा पु¥याएका छौँ, यो प्याकेजपछि आन्तरिक पर्यटनमा केही बढोत्तरी हुनेछ, हप्तामा दुई दिन बिदाको प्रस्ताव पनि हुनेछ’, पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐअरले भन्नुभयो । (उज्यालो अनलाइनबाट)

वि.सं.२०७७ असोज ५ सोमवार १८:०९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...