back
NMB ad

विदेशबाट आउनेहरूलाई खुशीको खबर : क्‍वारेन्टाइनमा राखिने नियम हटाइयो, के छ नयाँ नियम ?

Kumari bank ad

पर्वत । पर्वतमा भारत वा तेस्रो मुलुकबाट गृह जिल्लामा आएकाहरूलाई अबदेखि १४ दिन वा स्वाब परीक्षणको रिपोर्ट नआउने बेलासम्म सदरमुकाममा बस्नु नपर्ने भएको छ ।

 

 

 

 

लकडाउन सुरु भए लगत्तै विदेशबाट आएका जो कोहीलाई पनि सदरमुकाम कुस्मामा रहेको शिवालय मावि, होटेल वन्दना र ब्लु एन्जलस रिसोर्टमा राखिएको सामुदायिक क्वारेन्टाइनमा अनिवार्य रूपमा बस्नै पर्ने नियम राखिएको थियो।

 

 

 

लकडाउनको अवस्था खुकुलो बन्दै जाँदा सार्वजनिक सवारी पनि सञ्चालनमा आएपछि जिल्लामा भित्रिनेहरूको सङ्ख्या बढी हुँदा पुलिन क्वारेन्टाईनले जनघनत्व धान्न नसक्ने भएकोले सिधै स्थानीय तहमा जान पाउने नियम बनाइएको हो।

 

 

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) प्रवक्ता तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार सार्वजनिक यातायात र आन्तरिक हवाई उडानसमेत खोलेपछि काठमाडौँलगायत ठाउँबाट एकै रातमा मानिस पर्वत जिल्लामा आइपुग्ने भएकोले जिल्लामा राखेर कन्ट्याक्ट ट्रेसिङ गर्न कठिनाइ हुने भएकोले यो निर्णय गरिएको हो।

वि.सं.२०७७ असोज ५ सोमवार १९:४२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...