back
NMB ad

युरिया मल एक महिनाभित्र आउने

Kumari bank ad

वीरगञ्ज । पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ ।

 

मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।

बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो ।

उहाँले बङ्गलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिकटन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताउनुभयो ।

सो कार्यालयले धान खेतीलाई लक्षित गरी पर्सा जिल्लामा असारसम्म युरिया मल विक्री गरेको थियो तर मल सकिएकोले सोको अभाव हुन गएको हो ।

सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, ३ र ४ को १६ वटा कार्यालयमा पठाउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६र०७७ मा युरिया र डएपी मल छ/छ हजार मेट्रिक टन तथा पोटास सात सय टन बिक्री गरेको छ ।

गत पुस महिनामा मल ल्याउने ठेक्का पाएका शैलुंग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरिया मलको अभाव देखिएको हो ।

मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र (टेण्डर) आह्वान गरिसकेको छ ।

समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरो लगायत वर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ । पर्सामा ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १७:१९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...