back
NMB ad

सरकारले तोक्यो प्याजको नयाँ मूल्य ! प्रतिकिलो कति ?

Kumari bank ad

काठमाडौं । कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ ।

 

मंगलवार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको हो ।

 

सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘कर्मचारीले प्याज सिल गरेका छन्, कालोबजारी ऐनअनुसार मुद्दा दर्ता हुने प्रक्रियामै छ ।

 

तर, प्याज बिग्रनेरनासिएर जाने अवस्था भयो,’ उनले भने, ‘पैसा धरौटी रकम खातामा जाने गरी प्याज बेच्ने निर्णय गरेका छौं ।’ सिल गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रतिकिलो ५२ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको उनले जनाए ।

 

 

कम्पनीले भने प्याज ढुवानी, प्याकेजिङ, कर्मचारी खर्चसहित जोडेर प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्ने दाहालले बताए । ‘भन्सार विन्दुको परल मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ । कृषि सुधार शुल्क, ढुवानी, लोडअनलोडसहित प्रतिकिलो ५२ रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘त्यसमा ७/८ रुपैयाँ जोडेर खाद्यले सर्वसाधारणलाई बेच्छ ।’

 

वाणिज्य विभाग, काठमाडौं महानगरपालिका, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले भदौ ३१ गते गरेको अनुगमनमा २१९ बोरा प्याज जफत गरेको थियो । ५०/५५ रुपैयाँमा खरिद गरिएको प्याज ११०/१२० रुपैयाँसम्ममा बिक्री गरेको, खरिद बिल र मूल्यसूची नराखेको कसुरमा अनुगमन टोलीले चुली सगरमाथा इन्टरप्राइजेज र एसके सप्लायर्सबाट उक्त प्याज जफत गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

वि.सं.२०७७ असोज ७ बुधवार ०८:५६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...