काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा छ्याङ्दी हाइड्रोपावर लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरसूचीकृत भएको हो।
छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर वापतको १ लाख ३५ हजार कित्ता र एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर वापतको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता शेयर सूचीकृत भएको हो ।
यो शेयर बिहीवारदेखि कारोबार योग्य हुने भए पनि सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन्।
वि.सं.२०७७ असोज ८ बिहीवार १२:१६ मा प्रकाशित