back
Kumari Bank

बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य पुनः प्रभावित

Nepal Bank

बागलुङ। बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः प्रभावित बनेको छ । बन्दाबन्दीपछि शुरु गरिएको बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य वर्षातका कारण पुनः प्रभावित भएको हो ।

 

बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिएर गत फागुनदेखि शुरु गरिएको निर्माण कार्य बन्दाबन्दीका कारण चैत दोस्रो साताबाट रोकिएको थियो ।

धावनमार्ग कालोपत्र गर्न प्राधिकरणले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले कालोपत्रको काम पुनः प्रारम्भ गरिएको थियो । तर केही दिनदेखि निरन्तर वर्षाका कारण धानवमार्ग कालोपत्र गर्ने कार्य पुनः प्रभावित बनेको निर्माण कम्पनीले जनाएको छ ।

आगामी २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ ।

ठेक्का सम्झौता भएलगतै धावनमार्ग कालोपत्र गर्नका लागि अवश्यक पूर्वाधार निर्माण शुरु गरे पनि बन्दाबन्दीका कारण काम प्रभावित भएको थियो ।

सरकारले विकास निर्माण अगाडि बढाउने भनेपछि पुनः कालोपत्रका लागि पूर्वाधार निर्माण थालिएको काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीका आधिकारिक प्रतिनिधि दिनेश रिजालले जानकारी दिए । “हामीले ठेक्का सम्झौता हुँदासाथ बलेवा विमानस्थलमा आवश्यक कामको थालनी गरेका थियौँ”, उनले भने, “धावनमार्गको कटिङसमेत सक्ने अवस्थामा पुग्दा बन्दाबन्दी शुरुभएपछि निर्माण कार्य प्रभावित भयो, अहिले पुनः काम थालेका छौँ । तर वर्षाका कारण समस्या भएको छ, सडक अवरुद्ध हुँदा कच्चा पदार्थको आयातमा समस्या भएपछि निर्माण कार्य पुनः प्रभावित भएको छ ।” शुरुमा विमानस्थलको धावनमार्ग र विमान पार्किङस्थल कालोपत्र हुने भागलाई कटिङ गरेको र काम नरोकिए कात्तिक मसान्तसम्म धावनमार्ग ग्राभेल गर्ने निर्माण कम्पनीका फिल्ड इन्चार्ज वासु थापाले जानकारी दिए । कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण भएमा कात्तिकपछि कालोपत्र थालिने थापाको भनाइ छ ।

छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार अभावमा अहिले बन्द छ ।

बागलुङ–१४ नारायणस्थानमा रहेको विमानस्थलमा कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याका कारण २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रका लागि वहुवर्षीय योजनाअन्र्तगत पहिलो चरणमा रु चार करोड बजेट विनियोजन गरेको हो ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारपक्ष बताउँछन् । एक वर्षअघि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले दिने सुनिश्चितता गरी हप्तामा दुई दिन नेपाल एयरलाइन्स र तारा एयरको टु इनअटर विमानले उडान भरे पनि बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

वि.सं.२०७७ असोज ८ बिहीवार १६:५३ मा प्रकाशित

You can share this post!

शिक्षकसँग गरिएको सम्झौताअनुसार नै विधेयक ल्याउने तयारी भएको छ: शिक्षामन्त्री पन्त   

शिक्षकसँग गरिएको सम्झौताअनुसार नै विधेयक ल्याउने तयारी भएको छ: शिक्षामन्त्री पन्त   

वि.सं.२०८२ असार १६ सोमवार २१:०५

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक...

कांग्रेस केन्द्रीय समिति बैठक जारी, विभिन्न १३ एजेन्डामा छलफल   

कांग्रेस केन्द्रीय समिति बैठक जारी, विभिन्न १३ एजेन्डामा छलफल   

वि.सं.२०८२ असार १६ सोमवार २१:०१

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा...

नागार्जुन नगरप्रमुख बस्नेतलाई ११ वर्ष जेल, २८ करोड जरिवाना

नागार्जुन नगरप्रमुख बस्नेतलाई ११ वर्ष जेल, २८ करोड जरिवाना

वि.सं.२०८२ असार १६ सोमवार २०:५६

काठमाडौँ : घुस लिएको र सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) गरेको...

दरबारमार्गमा निर्माणाधीन भवनबाट खसेर दुई मजदुरको मृत्यु

दरबारमार्गमा निर्माणाधीन भवनबाट खसेर दुई मजदुरको मृत्यु

वि.सं.२०८२ असार १६ सोमवार २०:४१

काठमाडौँ :  काठमाडौँको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट...

दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर

दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर

वि.सं.२०८२ असार १६ सोमवार १७:३५

काठमाडौं : पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत...

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’ भव्य रूपमा सम्पन्न, बचत रकम पशुपतिनाथ मन्दिरलाई

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’ भव्य रूपमा सम्पन्न, बचत रकम पशुपतिनाथ मन्दिरलाई

वि.सं.२०८२ असार १६ सोमवार १७:०२

शिशिर सिंखडा, टोरण्टो । ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर...