back
NMB ad

कृषि बीमाको व्यवसाय साढे १७ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष कृषि (बाली तथा पशुपक्षी) बीमाको व्यवसाय १७ दशमलव ६१ प्रतिशतले बढेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरूले कृषिबीमाबाट १ अर्ब १८ करोड रुँपैयाँको बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो आवको तुलनामा १७ करोड ६९ लाख रुपैयाँले बढी हो । आव २०७५/७६ मा आवमा कृषिबीमामार्फत १ अर्ब रुपैयाँ हाराहारीमा बीमाशुल्क संकलन भएको थियो ।

आव २०७६/७७ मा संकलन भएको कुल बीमाशुल्कमध्ये ८८ करोड ६२ लाख रुपैयाँ सरकारबाट अनुदानबापत प्राप्त भएको छ । कृषिबीमामा सरकारले ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

बीमा समितिको तथ्यांकअनुसार पछिल्लो समय कृषिबीमाको व्यवसाय बढ्दै गएको देखिन्छ । आव २०७०/७१ देखि कृषिबीमाको व्यावसायिक थालनी गरिएको थियो ।

शुरूको वर्ष अर्थात् आव २०७०/७१ मा कृषिबीमामार्फत २ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएकोमा अहिले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन हुन थालेको छ ।

त्यस्तै, कम्पनीहरूका अनुसार अहिले कुल बीमा व्यवसायमा कृषि बीमाको अंश करीब १० प्रतिशत पुगेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज ९ शुक्रवार ०८:२२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...