back
NMB ad

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन

Kumari bank ad

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका जिल्लाका केही विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन शुरु गरेका हुन् ।

वैकल्पिक शिक्षण विधिको सम्भावना नरहेका विद्यालयले स्वास्थ्य मापदण्डको पालना गर्दै पठनपाठन शुरु गरेका हुन् । जिल्लाका विभिन्न स्थानीय तहमा केही विद्यालयले कक्षा ६ देखिमाथिको पठनपाठन शुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य वैकल्पिक विधिबाट पठनपाठन गर्न सम्भव नभएका स्थानका केही विद्यालयले पठनपाठन शुरु गरेका हुन् ।

अनलाइन कक्षाको सम्भावना नभएका स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन भएका हुन् । “बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको जोखिमसमेत कम भएको हुँदा त्यस्ता ठाउँका केही विद्यालयले पठनपाठन शुरु गरेका छन्”, एकाइ प्रमुख पोखरेलले भने,“ती स्थानमा अन्य वैकल्पिक विधिबाट पढाउने अवस्था पनि नभएपछि विद्यालयमै पठनपाठन शुरु गरेका छन् । जिल्लामा सामुदायिक ३१२ र संस्थागत ९३ विद्यालय छन् ।

पठनपाठनशुरु गरेको शान्ति निकुञ्ज माध्यामिक विद्यालय कावासोतीका प्रधानाध्यापक हरि न्यौपानेका अनुसार कक्षा ६ देखि माथिका कक्षा सञ्चालन गरिएको छ ।

साना बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउन असहज हुने भएपछि ६ कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरिएको छ ।कक्षा ६, ८ र १० का विद्यार्थी आइतबार, मङ्गलबार र बिहीबार विद्यालय आउँछन् । कक्षा ७, ९ र १२ का विद्यार्थी सोमबार, बुधबार र शुक्रबार आउँछन् । कक्षा ११ को भने पठनपाठन शुरु नगरिएको उनले जानकारी दिए।

वि.सं.२०७७ असोज १० शनिवार १६:३३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...