back
NMB ad

मन्त्रिपरिषद्को आकस्मिक बैठकले के-के गर्यो निर्णयहरु ?

Kumari bank ad

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको आकस्मिक वैठकले विभिन्न निर्णयहरु गरेको छ ।

 

 

मन्त्रिमण्डल फेरबदलको चर्चा चलिरहेका बेला आज (आइतबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद वैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । यस्तै वैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको छ ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रमसम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो । यस्तै अब नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ ।

 

नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको बताइएको छ ।

 

बैठक आकस्मिक रुपमा आज राखिए पनि कुनै त्यस्तो विशेष प्रस्ताव नभएको र बैठक नियमित विषयहरुमै केन्द्रित रहेको वैठकमा सहभागी एक मन्त्रीले बताएका छन् । आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक डाकिएका कारण नेपाली राजनीति क्षेत्रमा निकै चासो बढेको थियो ।

वि.सं.२०७७ असोज ११ आइतवार १५:०२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...