काठमाडौं । केटीएम विश्वको नं. १ र नेपालको सबैभन्दा तीव्ररुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्डले आज बहुप्रतीक्षित केटीएम ३९० एड्भेन्चर सार्वजनिक गरेको छ ।
नेपालभरिका केटीएम शोरुमहरुमा यसको बिक्री सुरु गरिएको हो। कम्पनीका अनुसार यसको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेर बुकिङ्ग सुरु गरिएको छ। ग्राहकले यो बाइक आजैदेखि खरिद गर्न सक्नेछन्।
नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा एड्भेन्चरले केटीएममा नै शानदार आगमन गरेको छ। गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङ्गमा मानिसहरुको चासो बढिरहेको छ।
बदलिँदो ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र सहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि ३९० एड्भेन्चर बनाइएको कम्पनीको दाबी छ।
यसको ‘रडी टु रेस’ मन्त्रका साथ केटीएमसँग मोटर स्पोर्टसहरूमा अतुलनीय इतिहास छ, जसमा ६६ वर्षभरिमा तीन सयभन्दा विश्व च्याम्पियनशिपहरूको गौरवमय जित छ। डाकर ¥याली नामक सबैभन्दा कठिन ¥यालीमा केटीएमले लगातार प्रभुत्व जमाउँदै आएको छ र २००१ पछि आफ्नो केटीएम ४५० ¥यालीको साथ १८ पटक च्याम्पियनशिप जितिसकेको छ।
केटीएम ३९० एड्भेन्चर वास्तवमा डाकर विजयी केटीएम ४५० ¥यालीबाट प्रेरित छ। केटीएमको उच्च इतिहासबाट प्रभावित ¥याली रेसिंगमा चेसिस, प्रोफाइलिंग र अन्यविशेषताजस्तै कि ठूलो इन्धन ट्यांक, एर्गोनोमिक्स र कुनै पनि सतहमा स्थिरता दिन, सुरक्षित र सजिलो सवारी सुनिश्चितगर्न विन्ड प्रोटेक्शनको व्यवस्था छ।
३९० एड्भेन्चर, एड्भेन्चर यात्राको लागिबनाइएको हो, जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस, १७० एमएमको अगाडिको ह्विल भएको डब्लुपीको लङ्ग ट्राभल सस्पेन्शन छ। यसमा मेटजेलरको नोबी टायरहरु, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ्ग ह्विलबेस, विस्तारित विन्डसिल्ड र इञ्जिनको लागि सुरक्षित बेस प्लेट छ।
३९० एड्भेन्चरको सबैभन्दा पृथक् पक्ष भनेको यसको साथमा आउने फर्स्ट क्लास इलेक्ट्रोनिक्सको सेट र राइडर एड् हो, जुन अहिलेसम्म सुपर बाइकको साथमा मात्र उपलब्ध थियो। इलेक्ट्रोनिक कन्ट्रोल युनिट वाईसीयू कन्ट्रोल्स भनेको लिनएन्जल सेन्सिटिभ मोटरसाइकल ट्रान्ज्याक्सन कन्ट्रोल (एमटीसी)जस्तो इलेक्ट्रोनिक एड्को होस्ट हो।
यसले अत्यधिक धूलो र लूज ग्राभल सतहमा पनि बाइकलाई स्थिरता दिन्छ, कर्नेरिङ एबीएस, जसले घुमाउरो बाटो, अफरोड एबीएस लूजग्राभल सतहमा सुरक्षित र शानदार राइडको सन्तुलितआनन्द दिन्छ, आरमदायीक्लचलेस अप र डाउन सिफ्टीङको लागिको क्वीक शिफटर र कल, म्यूजिक र वैकल्पिक टर्न–बाइ–टर्न न्याभिगेशनको लागि यसमा केटीएम माई राइड स्मार्टफोन कनेक्टीभिटी छ र फूल–कलर टीएफटी डिस्प्लेद्वारा यो सबै राम्रो ढंगले डिस्प्ले र रिलेड गरिन्छ।
यी फिचरहरुले निर्बाधरुपले राइडरलाई धेरैभन्दा धेरै कन्ट्रोल दिन्छ र ज्यादै जटिल समयमापनि समाधान दिन्छ। ३९० एड्भेन्चर केटीएम ३९० ड्युक इञ्जिनको बुहुमुखीप्रतिभामाआधारित गरी बनाइएको हो, अत्याधुनिक डीओएचसी सिंगल सिलेन्डर हेड प्रविधि– केटीएमको हाई–पर्पmरमेन्स रेस मोडलहरुबाट लिइएको हो र ईएफआई र राइड बाई वायरजस्ता इलेक्ट्रोनिक्सले ४३ एचपीको पावर र ३७ एनएमको टर्क दिन्छ।
वि.सं.२०७७ असोज १२ सोमवार १२:५२ मा प्रकाशित