back
NMB ad

सवारी साधन तथा व्यवसाय सञ्चालनमा थप कडाइ, यस्तो बन्यो नयाँ नियम

Kumari bank ad

बर्दिया । कोरोना संक्रमण दर तीव्र हुँदै गएपछि बर्दियामा सवारीसाधन, उद्योग, व्यवसाय तथा पसल सञ्चालनमा कडाइ गरिएको छ ।

 

जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असोज १३ देखि सवारीसाधन र व्यवसाय सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने, उद्योग, व्यवसाय र पसल बिहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन गर्ने र चारजनाभन्दा बढीको समूहमा हिँड्न निषेध गर्ने निर्णय गरेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले दिनप्रतिदिन जिल्लामा संक्रमितको संख्या तथा मृत्यु हुनेको संख्या बढिरहेकोले जोखिम कम गर्नका लागि केही कडाइ गरिएको बताए ।

जिल्लाका केही स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरिरहेका थिए, तर हालको अवस्थामा विद्यालय सञ्चालन गर्दा संक्रमण बढ्न सक्ने भन्दै विद्यालय सञ्चालनमा समेत रोक लगाइएको छ ।

बर्दियामा हालसम्म कोरोना संक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । हालसम्म बर्दियामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये चार सय ५८ जना निको भएर घर फर्केका छन् ।

वि.सं.२०७७ असोज १२ सोमवार १४:३८ मा प्रकाशित

You can share this post!

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...