back
NMB ad

आउँदो बिहीवारदेखि सहुलियत मूल्य पसल, उपत्यकाका पाँच बिक्री केन्द्रमा सञ्चालन गर्ने

Kumari bank ad

काठमाडौं । दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ।

 

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन्।

खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौं उपत्यकामा पाँच/पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ। सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको सुवेदीले जानकारी दिए।

मन्त्रालयमा भएको छलफलमा दुबै कम्पनीले एक अर्काका सामग्रीको समेत बिक्री वितरण गर्न पाउने भएका छन्। साल्ट ट्रडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन्। सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पोरेशनले जनाएको छ।

तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने

कम्पनीले दशैंका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ। दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ।

सुरुआती चरणमा उक्त स्थानबाट तीन हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुवाती चरणमा दुई हजार मात्र ल्याइने भएको छ।

गत वर्षको मागअनुसार तीन हजार ल्याइने तयारी भए तापनि यसवर्ष मागमा कमी आउने सम्भावना देखिएपछि दुई हजार मात्र ल्याउन लागिएको हो, माग बढ्यो भने आवश्यकताअनुसार पछि थप गर्ने गरी ल्याउन लागिएको सुवेदीले जानकारी दिनुभयो।

थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने कम्पनीले जनाएको छ।

वि.सं.२०७७ असोज १२ सोमवार १७:३८ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...