काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो । मूल्य बढेसंगै तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७७ असोज १३ मंगलवार ११:०२ मा प्रकाशित