काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
छापावाल सुनको आजको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ६ सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
वि.सं.२०७७ असोज १४ बुधवार १०:५६ मा प्रकाशित