काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ असोज १५ बिहीवार १०:५३ मा प्रकाशित