back
NMB ad

मेगा बैंकद्वारा ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु, यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आजबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।

 

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गर्नुभयो ।

स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो ।

 

 

किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ ।

‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो,’ मेगा बैंककी सिइओ खुञ्जेलीले भन्नुभयो– ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’

व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।

किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १२:४६ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...