back
NMB ad

नेपालमा कोरोना महामारीले उच्च रूप लिन सक्ने, अबको दुई हप्तामा यस्तो अवस्था आउन सक्छ !

Kumari bank ad

काठमाडौं । नेपालमा दैनिक दुई हजारभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । जसका कारण नेपालमा कोरोना महामारीले उच्च रूप लिन सक्ने देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले केही समयअघि नै नेपालमा अक्टोबर महिनामा कोरोना संक्रमण विस्तार उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको थियो । जसअनुसार आज अक्टोबर ४ तारिख । नेपालीहरूको ठूलो चाड बडादशैं अक्टोबर महिनामै पर्छ ।

त्यसैले एक जिल्लाका नागरिक अर्को जिल्लामा आवतजावत गर्ने भएकाले पनि कोरोना संक्रमण तीव्र ढंगले फैलिने अनुमान गरिएको हो ।

जाडो बढेसँगै खासगरी दीर्घरोगी र वृद्धवृद्धा कोरोना भाइरसको उच्च जोखिममा पर्ने भएकाले अबका दुई हप्ता सबैभन्दा सतर्क हुनुपर्ने समय भएको स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् ।

काठमाडौंमा संक्रमण जताततै फैलिएकाले घरमा ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर निस्कन नदिने, मास्क र भौतिक दूरीसँगै खुला स्थानमा भेटघाट गर्ने, झ्यालढोका बन्द भएका ठाउँमा नभेट्ने जस्त क्रियाकलाप गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । नेतादेखि सरकारी कर्मचारी सबैमा कोरोना संक्रमण देखिन थालेको छ । बढ्दो संक्रमितसँगै अस्पतालमा शनिबारदेखि बेडको अभाव सुरु भइसकेकाले जनता आफैं उच्च सतर्कतामा बस्नुपर्ने बेला आइसकेको छ ।

वि.सं.२०७७ असोज १८ आइतवार ११:१५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...