back
NMB ad

निजी विद्यालयले शुल्क नलिने ! शिक्षकहरुको तलब पनि नरोकिने

Kumari bank ad

सिन्धुली । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मा आबद्ध सिन्धुलीका निजी विद्यालयहरुले ५ महिनाको कुनै पनि शुल्क नलिने भएका छन् ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सिन्धुलीले आईतवार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण पठन पाठन नभएको ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेको हो ।

कोरोना भाइरसका कारण सिर्जित बिषम परिस्थितीलाई ध्यानमा राख्दै प्याब्सन सिन्धुलीमा आबद्ध सबै विद्यालयहरुले २०७७ बैशाख देखि गत भदौं सम्मको कुनै पनि शुल्क नलिने प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताउनुभयो ।

‘कोरोना भाईरसको महामारीले गर्दा अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि पुरै संकटमा परेको छ । निजी विद्यालय संचालनक पनि संकटमा छन् भने विद्यार्थी र अभिभावक पनि अन्यौलमै छन् ।

यो महामारीमा हामी विद्यालय संचालन त संकटमै छौ । विद्यार्थी र अभिभावक पनि समस्यामै छन् । संगठनमा आबद्ध सबै विद्यालयहरु बिच छलफल गरेर ५ पढाई हुन नसकेको ५ महिनाको शुल्क नलिने निर्णय गरेका हौं’ अध्यक्ष मास्केले भन्नुभयो ।

कोरोना भाईरसका कारण निजि विद्यालय संचालनकहरु संकटमै रहेपनि निजी विद्यालयहरुले महामारीको विषम परिस्थितीमा समाजीक उत्तरदायित्व बहन पनि बहन गर्नसक्छन भन्ने सन्देश प्रवाह गर्न शुल्क मिनाहा गरिएको अध्यक्ष मास्केको भनाई छ ।

प्याब्सन सिन्धुलीले अहिले बैकल्पिक माध्यमबाट अनलाईन कक्षा, होमवर्क प्याकेज, भचुअल कक्षा र रेडियोबाट पनि पठनपाठनलाई निरन्तर्ता दिएको छ । बैकल्पिक माध्यमबाट भएका पठनपाठनको पनि बैशाख देखि भदौं सम्मको शुल्क नलिईने अध्यक्ष मास्केले बताउनुभयो ।

शिक्षकहरुको पारिश्रमिक नरोकिने

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मा आबद्ध सिन्धुलीका निजी विद्यालयहरुका शिक्षकहरुले मासिक तलक (पारिश्रमिक) पाउने भएका छन् ।

पत्रकार सम्मेलनमा प्याब्सन सिन्धुलीका अध्यक्ष मास्केले प्याब्सन सिन्धुलीमा आबद्ध विद्यालयहरुले आफ्नो विद्यालयमा कार्यररत सबै शिक्षकलाई मासिक तलब दिने सहमती भएको जानकारी दिनुभयो ।

प्याब्सनमा आवद्ध सिन्धुलीका अधिकांश बिद्यालयहरुले गत बर्षको चैत सम्मको तलक सबै शिक्षकहरलाई दिईसकेको अध्यक्ष मास्केले बताउनुभयो । यस बर्षको असार सम्मको पनि ४० प्रतिशत भन्दाबढी तलब शिक्षकहरुलाई दिएको अध्यक्ष मास्केको भनाई छ ।‘

अभिभावकसँग शुल्क लिए पनि नलिए पनि हामीले शिक्षकहरुलाई चित्ता बुझाएर तलबको व्यवस्थापन गर्नुपर्छ । कतिपय विद्यालयहरुको आर्थिक अवस्थाले गर्दा तलब दिन केही समस्या होला तर त्यस्ता विद्यालयले पनि शिक्षकहरुको तलब दिनुपर्छ ।

विद्यालयले व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो निर्देशन छ । अहिलेको बिषम परिस्थिती भएकाले अव केही ढिला भने चै हुन सक्छ । महिना मर्ने बित्तिकै नहुन पनि सक्छ तर हिसाब गरेर तलब दिन्छौं’अध्यक्ष मास्केले भन्नुभयो ।

जिल्लाका ४९ ओटा निजी विद्यालय मध्ये ३३ ओटा विद्यालय प्याब्सन सिन्धुलीमा आबद्ध छन् भने करिव २० हजार विद्यार्थी अध्ययरत छन् भने झन्डै ५ सय शिक्षक, कर्मचारीहरु कार्यररत रहेका अध्यक्ष मास्केले बताउनुभयो । एनप्याब्सनमा १६ विद्यालयहरु आबद्ध रहेका छन् ।

वि.सं.२०७७ असोज १८ आइतवार १८:१४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...