back
NMB ad

विदेशी लगानी सीधै बैंक खातामा ल्याउन गृहकार्य

Kumari bank ad

काठमाडौं । केन्द्रीय बैंकको स्वीकृतविना प्रत्यक्ष विदेशी लगानीको रकम (एफडीआई) सीधै बैंक खातामा ल्याउन पाइने व्यवस्थाका लागि गृहकार्य शुरू भएको छ ।

एफडीआईको रकम सीधै बैंक खातामा ल्याउन दिनुपर्ने लगानीकर्ताको माग पूरा गर्न राष्ट्र बैंकले गृहकार्य शुरू गरेको हो ।यो व्यवस्था आएपछि विदेशी लगानी ल्याउनुअघि राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने राष्ट्र बैंकले बताएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले निश्चित शर्त र मापदण्डको अधीनमा रही निश्चित रकमसम्मको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाहरूमार्फत स्वचालित रूपमा (अटोमेटिक रूट) बाट भित्र्याउन सक्ने व्यवस्था गरेको छ ।

यसअनुसार निश्चित थ्रेसहोल्डसम्मको लगानीलाई राष्ट्र बैंकबाट स्वीकृति नलिई सीधै ल्याउन पाउने व्यवस्था गरिँदै छ । यो व्यवस्थाले एफडीआईको रकम राष्ट्र बैंकको स्वीकृतिविना सीधै वाणिज्य बैंकको खातामा आउने गरी मिलाउन गृहकार्य गरिरहेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । तर, कोरोना महामारीका कारण कार्यान्वयनमा लैजान केही समय लाग्ने उनको भनाइ छ ।

यो व्यवस्था लागू भएपछि एफडीआईको रकम स्वीकृत गर्नुअघिका सबै प्रक्रिया पूरा गर्न राष्ट्र बैंक (हाल एकल विन्दु सेवा केन्द्र) धाउनुपर्ने समयको बचत हुनेछ ।

लगानीकर्ताले लगानी रकमअनुसार लगानी बोर्ड, उद्योग विभाग, मन्त्रालयबाट मात्र स्वीकृति लिए पुग्ने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०७:४७ मा प्रकाशित

You can share this post!

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...