back
NMB ad

अमेरिकी नागरिकता कानुनमा थप कडाई, अब यस्ता व्यक्तिलाई ग्रिनकार्ड नदिने

Kumari bank ad

काठमाडौं । अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ ।

नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै अमेरिकी सरकारले सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यहरुलाई रोक लगाइने जनाएको हो ।

युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिसले कम्युनिष्ट वा सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डबारे सम्बोधन गर्न नयाँ निर्देशिका नै जारी गरेको हो ।

अमेरिकाको शान्ति सुरक्षाको जोखिम सम्बोधन गर्न कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिन अमेरिकी संसदले सन् १९५० मै पारित गरेको कानुनमा घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेका वा सदस्य आप्रवासी, अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने उल्लेख छ ।

नयाँ निर्देशिकाले भने कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा तिनीहरुले ग्रिनकार्ड पाउन सक्ने भन्ने विस्तृत व्याख्या गरेको छ । जसअनुसार आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश होइन भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।

आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश भएको ठहरिए ती पार्टीमा आवेदकको संलग्नता सदस्य स्तरको हो वा होइन हेरी सदस्यता स्तरको नभए ग्रिनकार्डका लागि योग्य मानिने जनाइएको छ ।

आवेदकको संलग्नता सदस्यता स्तरको भएमा त्यो कति अर्थपूर्ण हो निर्क्यौल गरी अर्थपूर्ण नठहरिए ग्रिनकार्ड दिन सकिने उल्लेख छ । तर अर्थपूर्ण सदस्यता भएपनि त्यो आवेदकको इच्छाविपरित थियो, सदस्यता लिँदाको उमेर १६ वर्ष मुनिको थियो भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।

केही विषयमा भने खुकुलो प्रावधान लिएको देखिन्छ । कम्युनिष्ट वा निरंकुश पार्टी सदस्य बन्नुमा खाना, रोजगारी वा जिविकोपार्जन जस्ता बाध्यताबाट सृजित थियो भने उसले ग्रिनकार्ड पाउन सक्छ । आवेदकको सदस्यता दुई बर्ष अगावै खारेज भइसकेको भए पनि ग्रिनकार्डका लागि योग्य हुनसक्ने व्यवस्था गरिएको छ ।

कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको तर अहिले उसबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै जोखिम नठानिए ग्रिनकार्डका लागि योग्य मानिने छ । अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएमा अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि छुट पाउने भनिएको छ ।

आवेदक अमेरिकी नागरिकको बुबाआमा, दम्पत्ति, छोरा, छोरी, भाइ, बहिनी हो भने विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य रहे पनि अमेरिकी ग्रिनकार्डका लागि छुट पाउनसक्नेछ ।

राष्ट्रिय सुरक्षामा खतरा भए नभएको निर्धारणका आधार भने उक्त व्यक्ति जासुस, आतंकवादी, सूचना सुरक्षामा जोखिमपूर्ण, जनस्वास्थ्यमा जोखिमपूर्ण, चुनाव सुरक्षामा जोखिमपूर्ण भए नभएकोलाई लिइनेछ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०८:२४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...