काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार पहिलो एक घण्टामा बजार ६ दशमलव ४९ अंक बढेर १ हजार ५९२ दशलमव ७८ विन्दुमा पुगेको छ ।
उक्त अवधिमा सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ प्रतिशत बढेर ३१४ दशमलव १६ विन्दुमा पुगेको छ ।
एक घण्टामा बुधवार १७२ ओटा कम्पनीको १० हजार ५३० पटकको व्यापारमा रू. ६७ करोड ३ लाख ६३ हजार बराबरको ३० लाख २७ हजार कित्ता शेयर कारोबार भएको छ ।
वि.सं.२०७७ असोज २१ बुधवार १२:०७ मा प्रकाशित