back
NMB ad

आपतकालिन बैठकले गर्यो यस्तो निर्णय, एक हप्ताका लागि सम्पूर्ण सेवा बन्द गर्ने

Kumari bank ad

काठमाडौं । तलसीपुर उपमहानगरपालिका प्रमुख मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिए पछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएपछि मेयर पाण्डेले सबैलाई सजग रहन अनुरोध समेत गर्नु भएको छ । नगरप्रमुख पाण्डेमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरको कार्यालय एक हप्ता सम्म बन्द हुने भएको छ ।

वडा कार्यालय भने जोखिमको अवस्था हेरेर सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने कुरा वडा कार्यालयलाई जिम्मा दिइएको छ । कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपतकालिन बैठकले असोज २९ गतेसम्मका लागि सेवा वन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका नगरप्रमुखमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै विहीवार नगरप्रमुख पाण्डे सहित उहाँका स्वकीय सचिव र अन्य वडाका गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनु भयो ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...