back
NMB ad

असन–इन्द्रचोकमा अटेर गर्दै व्यापारी, कडाइ गर्दै महानगर

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमण अनुगमन प्रक्रियाका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी र स्वयंसेवकको टोली तयार बनाएका छन् ।

सरकारले कोरोना संक्रमित व्यक्ति जथाभावी बाहिर निस्के ६ महिना कैद गर्ने निर्णय गरेसँगै त्यसलाई कडाइ गर्न स्थानीय तह र प्रशासनलाई निर्देशन दिएअनुसार टोली तयार भएको हो ।

कोरोना संक्रमितसंख्या झन्डै १३ हजार नाघेको काठमाडौं र ३ हजारको हाराहारीमा पुगेको ललितपुर महानगरपालिकाले संक्रमितको पहिचान गर्ने र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर गरी आइसोलेसनमा राख्न अनुगमन समिति बनाएको हो ।

काठमाडौं महानगरपालिका जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले महानगरको २२ गतेको बोर्डको बैठकले अनुमगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले विशेष गरी होम आइसोलेसनमा बसेका सबैको अवस्थाबारे जानकारी लिने, चिकित्सकको समन्वय नगरी बाहिर हिँडे/नहिँडेको अनुगमन गर्ने र उनीहरुको अवस्थाबारे जानकारी लिने गरी वडाध्यक्षको संयोजकत्वमा समिति बनाइएको छ । साथै सामुदायिक विद्यालयका शिक्षकलाई समेत अनुगमनमा खटाइने निर्णय गरेको छ ।

अनुगमन प्रभावकारी नभएको कारण संक्रमितहरुले राजधानीमा संक्रमण बढाएको आकलन गर्दै सरकारले त्यसलाई कडाइ गर्न निर्देशन दिएलगत्तै कामपाको बोर्डको बैठकले वडाध्यक्षको नेतृत्वमा समिति गठन गरेको हो ।

कामपा जनस्वाथ्य विभाग प्रमुख कँुवरले चाडवाडको समयमा संक्रमणको संख्या बढ्न नदिन नयाँ योजना अघि बढाएको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले अनुगमनलाई कडाइ गर्न थप स्वास्थ्यकर्मी र स्वयंसेवकको संख्या थप गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले लगातार फलोअप गरी घरबाट बाहिर निस्कन नदिने छुट्टै समूह गठन गरेको जानकारी दिनुभयो । सो टिममा वडाध्यक्षको समेत सहभागिता रहेको उहाँको भनाइ छ ।

ललितपुर महानगरपालिकाभित्र करिब ३ हजारको संख्यामा संक्रमित छन् । ललितपुर महानगरपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, उनीहरुको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्ने कामलाई तीव्रता दिइएको सम्पर्क अधिकृत गुरुङको भनाइ थियो ।

सरकारले संक्रामक रोग ऐन विसं २०२० प्रयोग गरी संक्रमितले स्वास्थ्य मापदण्ड पालना नगरेको खण्डमा पक्राउ गरी ६ महिनासम्म कैद गर्न सक्ने व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी गराउनुभएको थियो ।

पछिल्लो तथ्याङ्कअनुसार काठमाडौं महानगरपालिकाभित्र हालसम्म ८७ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी वडा नम्बर १५ मा रहेको छ । सो वडामा हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४ र ५ मा ७–७ जना, ७ मा ५ जनाको मृत्यु भइसकेको छ । कामपाभित्र हालसम्म २४, २९ र १९ र १८ वडामा एकजनाको पनि मृत्यु भएको छैन ।

सबैभन्दा बढी १५ वडामा ५ सय ७१ संक्रमित छन् । उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेपछि दुवै महानगरपालिकाले सावधानी अपनाएको छ । ललितपुर र काठमाडौं महानगरपालिकाका अनुसार भिड भएको क्षेत्रका व्यावसायीले पीसीआर गर्न नमान्दा समस्या जटिल बन्दै गएको हो ।
कामपा जनस्वाथ्य विभाग प्रमुख कुँवरका अनुसार असन, इन्द्रचोक, कालिमाटी, बल्खु तरकारी बजार, न्युरोड,

कोटेश्वर, खसी बजरलगायत प्रमुख व्यापारिक र दशैंलक्षित क्षेत्रका व्यापारीलाई पीसीआर गर्न आग्रह गर्दा ठाडै इन्कार गर्ने गरेको बताउनुभयो । त्यसैको कारणले ती क्षेत्रमा ओहोरदोहोर गर्नेबाट संक्रमण फैलिएको कामपाको दाबी रहेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असोज २५ आइतवार ०७:३४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...