back
NMB ad

वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी

Kumari bank ad

काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ ।

कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था गर्न प्रस्ताव गरेको जनाएको छ । योगदानकर्ताले यो सुविधा प्राप्त गर्न कुल दाबी रकमको २० प्रतिशत आफैँले व्यहोर्नुपर्ने प्रस्ताव संशोधनमा गरिएको छ ।

कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले ७० वर्षपछि सरकारको स्वास्थ्य कार्यक्रममा विभिन्न छुटका योजना रहे पनि ६० देखि ७० वर्षसम्म बिरामी हुँदा कतै पनि स्वास्थ्य उपचारमा राहतका योजना नभएकाले कोषको योजनामा आकर्षित गर्न उक्त प्रस्ताव गरिएको जानकारी दिए।

उनले भने, ६० वर्षदेखि ७० वर्षको बीचका निवृत्तिभरण पाइरहेका योगदानकर्ता बिरामी भएको अवस्थामा कोषले उपचार खर्च व्यहोर्ने भन्ने व्यवस्था मिलाउने तयारी गरेका छौँ, यसबाट धेरै योगदानकर्तालाई राहत हुन्छ ।

कोषको वृद्धावस्था उपचार सुविधा एवं मातृत्व सुरक्षा योजनाअन्तर्गत थप व्यवस्था तथा विदेशी श्रमिकको करार अवधिमा मृत्यु भए आश्रित परिवारलाई एकमुष्ठ सात लाख रुपियाँसम्म रकम प्रदान गर्ने प्रस्ताव गरिएको गरिएको छ ।

त्यस्तै वृद्धावस्था योजनाअन्तर्गत जम्मा गर्ने भनिएको २८.३३ प्रतिशत योगदान रकमबाट १० प्रतिशत कटाएर श्रमिकलाई उपदानलगायत सुविधा थप गर्ने गरी मस्यौदा तयार गरिएको छ ।

पहिलो योजनाअन्तर्गतकै मातृत्व सुरक्षासम्बन्धी योजनालाई समेत थप आकर्षक बनाउन महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत पारिश्रमिकको ३८ दिनको एकमुष्ठ तलबको ६० प्रतिशत रकम पारिश्रमिकका रूपमा सुत्केरीलाई दिने गरी प्रस्ताव गरिएको छ । यो सुविधा सुत्केरी स्वयम् योगदानकर्ता भएको हकमा रहेको छ ।

योगदानकर्ताकी श्रीमती सुत्केरी भएको हकमा भने शिशु स्याहार खर्चबापत एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम कोषले उपलब्ध गराउने व्यवस्था रहेको छ ।

श्रीमान्–श्रीमती नै कोषका योगदानकर्ता भएको हकमा एकतर्फबाट मात्रै यो सुविधा पाउने व्यवस्था रहेको गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

वि.सं.२०७७ असोज २५ आइतवार ०७:४९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...