back
NMB ad

अन्ततः कात्तिक ३ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, के होला सार्वजनिक यातायात ?

Kumari bank ad

सिन्धुली । जनप्रतिनिधि, कर्मचारी र स्थानीयमा कोरोना भाइरस (कोभिड १९) देखिएपछि सिन्धुलीका दुई नगरपालिकासहित तीन स्थानीय तह बन्द गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

तीनवटै स्थानीय तहले सूचना जारी गर्दै नगर र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा अत्यावश्यक बाहेकका सम्पूर्ण कार्य बन्दगर्ने निर्णय गरेका हुन् ।

कमलामाई नगरपालिकाले ८ का वडा अध्यक्ष टिकाबहादुर मोक्तान, प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल समेतलाई कोरोना संक्रमण भएपछि आइतबारबाट कात्तिक ३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

यस्तै दुधौली नगरपालिका र सो मातहत रहेका सबै कार्यालयको सेवा बन्द गरिएको उक्त नगरका नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।

बिहीबार दुधौली नगरपालिकामा रहेको सेन्चुरी बैंकका ५ जना कर्मचारी र क्वारेन्टाइनमा रहेका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाभित्र रहेका सबै कार्यालय, संघसंस्था तथा वित्तिय संस्था लगायतका सेवाहरु बन्द गरिएको हो ।

’कोरोना संक्रमण फैलन सक्ने भन्दै नगरपालिकाले त्यसलाई नियन्त्रण गर्नका लागि कार्तिक १ गतेसम्मका लागि नगरपालिकाभित्र प्रदान गरिने सबै खाले सेवा बन्द गरेको हो,’ राउतले भने ।

नगरपालिकामा चल्ने यातायातलाई भने मापदण्ड पालना गरि संचालन गर्न र व्यापारीहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ ।

यस्तै सिन्धुलीकै गोलन्जोर गाउँपालिकाले पनि आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै आइतबारबाट लागु हुनेगरी अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।

गाउँपालिकाको कर्मचारीमा कोरोना भएकाले कन्ट्याकट ट्रेसिङका आधारमा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पाठउने तयारी भएकाले रिपोर्ट नआउँदासम्मका लागि पालिका र मातहतका सम्पूर्ण कार्यालयका सेवा बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । यसअघि जिल्लाको मालपोत, घरेलु तथा साना उद्योग विकास समिति तथा चारवटा विकास बैंकहरु बन्द भइसकेका छन्।

वि.सं.२०७७ असोज २५ आइतवार १३:२९ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...