back
NMB ad

फेरि देशभर लकडाउन हुने !

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहँदा लकडाउन हुन्छ कि भन्ने विषयले चर्चा पाइरहेको छ ।

सरकारले दशैंको मुखमा व्यापारीलाई व्यापार गर्न दिएको र दशैँको मुखमा लकडाउन गर्छ भन्नेजस्ता टिकाटिप्पणी आममानिस सुन्न थालिएको छ ।

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणमा सकस भइरहेको छ । यस अवस्थामा फेरि लकडाउन हुने चर्चा आममानिसबीच हुने गरेको छ ।

लकडाउन हुन्छ वा हुँदैन यसबारे पनि सरकार मौन बसेको छ । भक्तपुर नगरपालिकाले निषेधाज्ञा लगाउन आग्रह गरेको समाचार आएसँगै अब काठमाडौं उपत्यकासहित मुलुकभर लकडाउन हुने अड्कलबाजी हुन थालेका छन् ।

तर, सरकार भने अहिले नै लकडाउन गर्न मनस्थितिमा पुगेको छैन । वैकल्पिक उपाय अपनाएर कोरोना नियन्त्रण गर्ने विषयमा विज्ञहरुसँग छलफल गरिरहेको छ ।

स्थानीय प्रशासन, सीसीएमसी, गृहमन्त्रालय तथा मन्त्रिपरिषद्ले अहिलेसम्म लकडाउन लगाउनेबारे कुनै निर्णय गरेका छैनन् । सरकारले लकडाउन लगाउन योजना पनि बनाएको छैन ।

पछिल्लो समय काठमाडौं उपत्यकामा थपिएको कोरोना संक्रमण नियन्त्रणको जोखिम अन्त्य गर्ने विषयमा पनि सरकार छलफलमै रहेको छ । यद्यपि लकडाउनलाई विकल्पको रुपमा पनि लिएको छैन ।

कात्तिक १ गतदेनि सेवाग्राहीहरूको भीड लाग्ने सरकारी कार्यालय बन्द गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । सार्वजनिक यातायात सुचारु, बजार पसल सञ्चालनलगायत सबै क्षेत्रलाई खुकुलो बनाएसँगै मुलुकभरको कूल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकामै भेटिएका छन् ।

वि.सं.२०७७ असोज २६ सोमवार १७:१७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...