back
NMB ad

एक सातासम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय, यी हुन् निषेध गरिएका क्षेत्रहरु !

Kumari bank ad

मेलम्ची । इन्द्रावती गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।

आज गाउँपालिकाका सात जनामा कोरोनास संक्रमण देखिएपछि कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बसेको बैठकबाट ७ दिनका लागि इन्द्रावती गाउँ कार्यपालिका, सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका पठनपाठन अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार गाउँपालिका बाहिरबाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने, यदि नबसेमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइनेछ ।

विदेशबाट आएका, अस्पतालबाट आएका र कोरोना जोखिम स्थानबाट गाउँपालिकामा आउनेलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट सहित अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने व्यस्था वडा कार्यालयबाट गराइने भएको छ । अहिलेको विषय परिस्थितिमा गाउँपालिकामा कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट कुनै सभा सम्मेलन तथा गोष्ठी सञ्चालन गर्न निषेध गरिएको छ ।

त्यसैगरी गाउँपालिकाले अत्यावश्यक काम बाहेक काठमाडौं आउजाउमा समेत निषेध गरेको छ । अत्यावश्यक सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपरे आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्रै गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

नजिकिँदै गरेको दशैं, तिहार, छठ जस्ता चाडपर्व, मेला महोत्सवमा सुरक्षा मापदण्ड पालना गर्न लगाउने, घरभित्रै नै चाडपर्व मनाउन सम्पूर्ण गाउँवासीलाई गाउँपालिकाले अनुरोध गरेको छ । अनावश्यक रुपमा घर बाहिर ननिस्कन, भिडभाड नगर्न सार्वजनिक सूचना जारी गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

वि.सं.२०७७ असोज २७ मंगलवार ०९:१० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...