back
NMB ad

कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने, लागू हुनेभयो यस्तो नियम !

Kumari bank ad

एजेन्सी । कम्प्यूटर सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने बताएको छ ।

 

घरबाटै काम गर्नका लागि भने कार्यरत कर्मचारीले म्यानेजरबाट अनुमति लिनुपर्ने छ । माइक्रोसफ्टले केही कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने नियम लागू गरेको छ ।

कार्यालयमा हार्डवेयरसम्बन्धी कार्य गर्ने कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने भनी कम्पनीका प्रवक्ताले बताएको भन्दै सीएनवीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

यसअघि अरू दुई ओटा अमेरिकी कम्पनी फेसबुक र ट्विटरले पनि यस्तै घोषणा गरेका थिए । उनीहरूले आफ्नो कर्मचारीका लागि ‘वर्क फ्रम होम’को नीति स्थायी रूपमै लागू गरिने बताएका छन् । कोरोना महामारीका कारण यी कम्पनी आफ्नो कर्मचारीको कार्यशैलीमा परिवर्तन गर्न बाध्य भएका हुन् ।

कर्मचारीहरूले घरबाटै काम गर्ने भएपछि कम्पनीहरूले कार्यालयको ‘स्पेस’ घटाउने प्रयास गरेका छन् । ‘हाम्रो उद्देश्य भनेको आफ्नो इच्छासहित धेरै काम गराउने हो । त्यसमा कम्पनीले नेतृत्व गर्ने छ, जसले यो प्रकृतिको कार्यशैलीको विकास र प्रवर्द्धन गर्नेछ’, कम्पनीका प्रवक्ताले भनेका छन्, ‘यो नियम धेरै ठाउँमा रहेर काम गर्ने कर्मचारीको हकमा लागू हुनेछ ।’

वि.सं.२०७७ असोज २७ मंगलवार १२:०६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...