काठमाडौं । मंगलवार नेप्से परिसूचक कारोबार भएको दुई घण्टामा ३ दशमलव २९ अंक घटेर १ हजार ५७४ दशमलव ७२ बिन्दुमा पुगेको छ ।
उक्त अवधिमा सर्वाधिक कारोबार ज्योति विकास बैंकको भएको छ । कम्पनीको रू. ६ करोड ६८ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिमा १८२ ओटा कम्पनीको ११ हजार ४६५ पटकमा २४ लाख ५ हजार ९९३ कित्ता शेयर रू. ६२ करोड ८२ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।
वि.सं.२०७७ असोज २७ मंगलवार १३:०५ मा प्रकाशित