back
NMB ad

जहाज र गाडी भाडादर उस्तै-उस्तै : दशैंमा पनि एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल !

Kumari bank ad

काठमाडौं । दशैंको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन ।

 

अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैंका लागि हवाई उडानमा बुकिङ सामान्य छ ।

काठमाडौंबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौं फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैं आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो ।

अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैं लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्ने बेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबर्धक नभएको बताउछन् । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । भएका बुकिङ पनि काठमाडौँबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् ।

बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दशैंका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताए । उनका अनुसार काठमाडौंबाट एकतर्फी बुकिङ सामान्य छ । फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् ।

यसपटक दशैंको एक–दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।

सामान्य अवस्थामा दशैंका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि नै टिकट बुकिङ भइसक्थ्यो । यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन ।

यती एयरलाइन्सका यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले सधैँको बुकिङ पहिलाको जस्तो उत्साहबर्धक नभएको बताउँछन् । कोभिड महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन ।

प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटार बाहेकका गन्तव्यममा सधैँका लागि सहजै टिकट पाइनेछ । यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ ।

यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दशैंका लागि बुकिङ सन्तोषजनक नभएको बताउँछन् ।

अहिले दशैंका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी कुपेन्सी राम्रै रहेको उनले बताए । श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यसपटकको दशैंका लागि हवाई उडानमा उत्साहजनक नभएको बताए ।

उनका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन । सधैँको तीन–चार दिन दुई–चार उडान थपिने प्रवक्ता शर्माले बताए । भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा दशैँका लागि केही उडान थपिनसक्ने उनको भनाई छ ।

विगतका दशैं, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो । कोभिड–१९ महामारीका कारण छ महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ । राजधानी काठमाडौँलगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ ।

महामारीबाट जोखिन यस पटकको दशैंमा विगतको जस्तो चहलपहल हुने छैन । सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन । सरकारले पनि दशैं जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रह गरिरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

वि.सं.२०७७ असोज २७ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...