काठमाडौं । बुधवार नेपाली बजार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको भाउ ६ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।
यता चाँदीको भाउ पनि आज २० रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
वि.सं.२०७७ असोज २८ बुधवार १०:५४ मा प्रकाशित